• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    धादिङको फुर्केखोला खण्डको वैकल्पिक सडक आज १० घण्टा बन्द रहने

    219
    SHARES



    काठमडाौँ । जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सडक मर्मतका लागि आज (मंगलबार) १० घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ ।

    प्रशासनले सोमबार एक सूचना जारी गर्दै भदौ २३ गते मंगलबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सडक मार्ग भएर गुड्ने सम्पूर्ण सवारी साधनको आवागमनमा रोक लगाइएको जानकारी दिएको हो ।

    गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–२, फुर्केखोलामा रहेको पक्की पुल बगाएपछि हाल ‘परेवाटार–पिपलटार–आदामटार–बेलिनटार–मास्टार’ सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आइएको थियो । उक्त वैकल्पिक सडकमा थप मर्मत सम्भारको कार्य गर्नुपर्ने भएकाले सवारी ठप्प पारिएको प्रशासनले जनाएको छ ।

    सडक बन्द रहने अवधिमा यात्रा गर्ने यात्रु तथा सवारी साधनका लागि प्रशासनले अर्को वैकल्पिक मार्ग समेत सुझाएको छ । उक्त समयमा ‘धादिङवेशी–सुनौला बजार–भोलें–कोशीखोला–फोसेटार–कल्लेरीटार’ वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामा अनुरोध गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ