• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रूबिओबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    1K
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रूबिओबीच टेलिफोन कुराकानी भएको छ।

    सोमबार उनीहरूबीच कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ। कुराकानीका क्रममा रुबिओले भोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै सरकार र नेपाली जनताको साथमा रहेको बताएका थिए।

    लामिछानेले कुराकानीका क्रममा सरकारले सम्भव भएसम्म सबै शक्ति उद्दार र राहत वितरणमा लगाएको बताएका थिए। कुराकानीका क्रममा लामिछानेले नेपाल भ्रमण गर्ने कुनै पनि देशका नागरिकको सुरक्षाका लागि मुलुक प्रतिबद्ध रहेको पनि बताएका थिए।

    लामिछानेले नेपाललाई अफ्ठ्यारो समयमा सहयोगका लागि रुबिओलाई धन्यवाद दिएका थिए। रुबिओले नेपाललाई थप सहयोग गर्न अमेरिका तयार रहेको पनि बताएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ