• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गोरखाको नाम्रुङ खोलामा बाढी : चार घर र फलामे पुल बगायो

    398
    SHARES



    काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ मा बाढीले चार घर बगाएको छ ।

    गएराति तीन बजेतिर नाम्रुङ खोलामा आएको बाढीले वडा नम्बर-४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

    डीएसपी श्रेष्ठका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन। बाढी आएको थाहा पाएपछि स्थानीयले भने भागेर ज्यान जोगाएका उनले बताए ।

    मुहान भेगतिर खोला केही बेर थुनिएर लेदोसहित बाढी आएको हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

    बाढीले सो गाउँपालिकाको वडा नम्बर-४ र वडा नम्बर-२ जोड्ने फलामको पुल समेत बगाएको उनले बताए । आइतबार बिहान ४:४० बजेदेखि भने बाढीको बहाब कम भएको र अहिले खोला पहिलाकै अवस्थामा रहेको उनले बताए ।

    सो खोला बूढीगण्डकीसँग मिसिने हुँदा बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको उनले बताए छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ