• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो

    321
    SHARES



    विराटनगर । जिल्ला कारागार मोरङमा कैदीबन्दीबीच झडप भएको छ । विराटनगर- ८ मा रहेको कारागारमा शुक्रबार दिउँसो दुई पक्षबीच झडप भएको हो ।

    झडपपछि १९ जना कैदीबन्दीलाई बाहिर निकालिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए ।

    उनका अनुसार ‘बी ब्लक’ १९ जनालाई निकालिएको हो । कैदीबन्दीलाई यातना दिएको र रकम असुल गरेको भन्दै अर्को पक्षले चौकीदार विशाल निरौला पक्षलाई आरोप लगाएपछि झडप भएको थियो ।

    बि ब्लकमा यसअघि प्रहरीलाई प्रवेश निषेध थियो । प्रहरी बी ब्लकमा प्रवेश गर्दा कैदीबन्दीको समूहले विरोध गर्दै नाराबाजी गरेको थियो ।

    शुक्रबार १९ जना कैदीबन्दीलाई बाहिर निकालेपछि कारागारको अवस्था सामान्य रहेको कटवालले बताए । उनका अनुसार कारागारबाट निकालिएका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ