• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

    151
    SHARES



    काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

    मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने र के कस्ता एजेन्डा अगाडि बढाउने भनेर छलफल हुनेछ । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन माग गरेको थियो ।

    कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी बनाउन तत्काल प्रतिनिधिसभाको बैठक राख्न बोलाउन माग गरेका थिए ।

    १० भदौमा बाढी गएको थियो । त्यसको भोलिपल्ट ११ भदौपछि रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले संसद्बाटै सर्वदलीय अधिकार सम्पन्न उच्चस्तरीय संसदीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

    प्रस्तावित संयन्त्रले विपद्का बेला उद्धार र राहत वितरणको अनुगमन गर्ने तथा आवश्यक निर्देशन दिने अधिकार पाउने भनिएको थियो ।

    आङ्देम्बेले यस्तो अधिकार सम्पन्न संयन्त्र गठन गर्न संसद् बैठक बस्नैपर्ने भएकाले ढिलाइ नगरी संसद् सञ्चालनका लागि पहल गर्न सभामुख अर्याललाई आग्रह गरेका थिए । यो विषयमा पनि आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ