• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    सुनको भाउ सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

    296
    SHARES



    काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ सामान्य घटेको छ भने चाँदी बढेको छ। मंगलबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा एक सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख २२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबार प्रतितोला चार हजार नौ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ