• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट अस्पताल सारियो

    169
    SHARES



    इस्लामाबाद । पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट अस्पताल सारिएको छ।

    विगत तीन वर्षभन्दा बढी समयदेखि जेलमा रहेका विपक्षी नेता खानलाई बिहीबार अस्पताल सारिएको उनको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफले जनाएको छ। पूर्वप्रधानमन्त्री खानलाई इस्लामावादको शिफा अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।

    ७३ वर्षीय खानका वकिलहरूले जेलमा उनको स्वास्थ्य बिग्रिएको र दाहिने आँखाको दृष्टि गुमाएको बताएका छन्। सरकारले भने मेडिकल रिपोर्टहरूले तत्काल उपचार आवश्यक नरहेको भन्दै आएका थिए।

    सर्वोच्चले उनको मुद्दामा अर्को सुनुवाइ नभएसम्मका लागि अस्पतालमा राखेर उपचार गराउनू भनेर मंगलबार आदेश दिएको थियो। सो मुद्दामा अर्को सुनुवाइ सेप्टेम्बर १६ मा हुनेछ।

    सन् २०१८ देखि करिब चार वर्ष प्रधानमन्त्री छँदा बेलायतको ‘नेसनल क्राइम एजेन्सी’ ले फिर्ता पठाएको १९ करोड पाउन्ड हस्तान्तरण सहज बनाइदिए बापत एक व्यावसायिक घरानाबाट जमिन लिएको अभियोगमा खानले जेल सजाय काटिरहेका छन्।

    यसबाहेक, आफ्नो पदावधिमा एउटा डिजाइनर गहना सेट र घडी लगायत सरकारी सम्पत्ति खरिद गर्नुअघि तिनको मूल्य कम आँकेको अभियोगमा उनलाई १७ वर्षको जेल सजाय पनि सुनाइएको थियो। खानले यी सबै आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ