• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized समाचार

    विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

    500
    SHARES



    काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको ‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीत विवादमा परेपछि युट्युबबाट हटाइएको छ । उक्त गीत रिलिज भएलगत्तै विवादमा परेको थियो ।

    निवेदनमा दुर्गेश थापाको मास्टर्नी नामक चलचित्रमा ‘ताराबाजी लैलै’ नामको गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै विवादमा परेको थियो ।

    यसअघि उक्त गीतले शिक्षक र शिक्षण पेशाको गरिमामा गम्भीर प्रहार गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले पनि आपत्ति जनाउँदै विज्ञप्ति निकालेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ