• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    Uncategorized

    पहिरोले थुनियो दिक्तेल–चखेवा सडक, भोजपुर–काठमाडौं आवतजावत प्रभावित

    342
    SHARES



    खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने खोटाङको दिक्तेल–चखेवा सडकखण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ अन्तर्गत बुवासुङ र लामीडाँडालाई जोड्ने लप्से (पंखु) खोलाको आसपासको क्षेत्रमा गएको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको स्थानीयवासीले बताएका छन्।

    स्थानीय शिक्षक दिलीपचन्द्र राईका अनुसार जेठ २७ गते राति लामीडाँडाको ढाँडखर्कस्थित गोपिनी नायपा सामुदायिक वन क्षेत्रबाट ठूलो परिमाणमा माटो र लेदो बग्दै आएपछि सडकमा क्षति पुगेको हो।

    पहिरोका कारण सडकसँगै सिँचाइ कुलो लगायतका केही स्थानीय संरचनामा समेत असर परेको छ। सडक अवरुद्ध हुँदा भोजपुर र खोटाङ हुँदै काठमाडौं आवतजावत गर्ने यात्रु तथा पूर्वी क्षेत्रका विभिन्न गन्तव्यतर्फ जाने सवारी साधनहरू रोकिएका छन्।

    सडक सञ्चालनमा ल्याउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भारी उपकरणसहित प्राविधिक र जनशक्ति परिचालन गरेको जनाएको छ। क्षतिग्रस्त भागको मर्मत तथा पहिरो हटाउने काम जारी रहेको नगरपालिकाले जानकारी दिएको छ।

    लप्से खोलाको क्षेत्र पहिरो र बाढीको जोखिममा पर्ने स्थानका रूपमा चिनिन्छ। केही दिनअघि मात्रै खोलामा आएको बाढीले सडक कटान गर्दा करिब नौ घण्टासम्म यातायात सेवा अवरुद्ध भएको थियो।

    यता, वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको लप्से खोलाको पुल समयमै सम्पन्न हुन नसक्दा स्थानीय बासिन्दा र यात्रुले हरेक वर्ष वर्षायाममा सास्ती भोग्दै आएका छन्।

    २०७३ सालमै सम्पन्न हुनुपर्ने उक्त पुल निर्माण कार्य अझै पूरा नभएकाले वर्षाको समयमा यातायात सञ्चालनमा समस्या दोहोरिने गरेको स्थानीयको गुनासो छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ