• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रतिनिधिसभाको क्यालेन्डरः जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने

    793
    SHARES



    काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ ।

    सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन बस्नेगरी संस्दको क्यालेन्डर पारित गरेको हो ।

    पारित कार्यतालिका अनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ । त्यस्तै असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक बस्नेछ ।

    संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ । २३ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिने छन् । २६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको छ ।

    सम्भावित तालिकाअनुसार २० गते संघीय निजामती सेवा विधेयक पेश गरिनेछ । त्यस्तै २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ ।

    शिक्षा विधेयक भने यो तालिकामा परेको छैन । उक्त विधेयक संसदीय समितिबाट नटुंगिएकाले पछि कार्यसूचीमा राखिने नेताहरूले बताएका छन् । राजधानीमा २१ दिनसम्म आन्दोलन गरेका शिक्षकसँगको सहमतिअनुसार सरकारले अबको उक महिनाभित्र (असार १५ सम्म) शिक्षा ऐन जारी गर्नुपर्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ