• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भिजिट भिसा प्रकरण – गृहमन्त्रीले ५ बजे पत्रकार सम्मेलन गर्दै

    1.3K
    SHARES



    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नताबारे प्रस्टीकरण दिन पत्रकार सम्मेलन गर्ने भएका छन्।

    बुधबार अपराह्न ५ बजे संघीय संसद भवन ल्होत्से हलमा उनले पत्रकार सम्मेलनको आयोजना गरेको उनको सचिवालयले जनाएको छ।प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले बोल्न नपाएपछि पत्रकार सम्मेलनको आयोजना गरेका हुन्।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको सचिवालयमा रहेका व्यक्तिको नाम मुछिएको भन्दै प्रतिपक्षी दलहरूले संसद बैठक अवरोध गर्दै आएका छन्।

    बुधबार बसेको बैठक पनि अवरोध भएको छ। उक्त बैठक आधा घण्टाका लागि स्थगित भएको थियो। तर अपराह्न ४ बजेसम्म सुरू हुन सकेको छैन। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको थियो।

    त्यतिबेला प्रमुख रहेका तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको थियो। उनको मोबाइल उपकरण बरामद गरी परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ।

    अख्तियारले मोबाइल नियन्त्रणमा लिएर भट्टराईलाई सोही दिन छाडेको थियो। प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने माग गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ