• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

    1.6K
    SHARES



    काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८४ हजार १०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    महासङ्घका अनुसार आज एक तोला चाँदी एक हजार ९१० रुपैयाँमा खरिदबिक्री हुनेछ । गत बुधबार एक तोला चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ