• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सांसदहरूलाई ओलीको आश्वासन- ढुक्क रहनू, हाम्रा सबै नीति सही छन्

    753
    SHARES



    काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लिएका सबै नीतिहरू सही भएको भन्दै सांसदहरूलाई ढुक्क हुन आग्रह गरेका छन् ।

    सरकारी निवास बालुवाटारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

    ‘माननीय सदस्यहरूका लागि के आग्रह गर्न चाहन्छु भने हाम्रा नीतिहरू सही छन् । ढुक्कले सहि छन् भन्ने कुरामा अगाडि बढ्नु भए हुन्छ,’ ओलीले भने, ‘विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ लाग्या छ । कुनै एउटा बुँदाको पनि समर्थन गर्ने छैन ।’

    साथै, उनले विपक्षीले भनेको कुरामा सत्यता छ कि भनेर धेरै घोत्लिन पनि आवश्यक नरहेको पनि बताए ।

    ‘सही कुराको विरोध गर्न उहाँहरू बाध्य हुनुहुन्छ । जुन उहाँहरूका निम्ति भविष्यमा नराम्रा रेकर्डको रुपमा रहनेछन् । हाम्रो पुस्ताभन्दा बढी बेलामा सम्म पनि त्यो रेकर्ड रहनेछ,’ ओलीले भनेका छन् ।

    सरकारले हिजो मात्रै ल्याएको नीति तथा कार्यक्रमको छलफलमा अध्ययन राम्रो बनाएर प्रस्तुत हुन ओलीले सांसदहरूलाई निर्देशन दिए ।‘माननीयजीहरूले बोल्दा कुनै चिप्लिने खालको कुरा नहोस्, स्ट्रङ, स्पष्ट होस्,’ ओलीले भनेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ