• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आजदेखि विक्रम संवत् २०८२ सालको औपचारिक सुरुआत

    386
    SHARES



    काठमाडौँ । आजदेखि विक्रम संवत् २०८२ सालको औपचारिक सुरुआत भएको छ। नयाँ वर्षको पहिलो दिनको रूपमा देशभर शुभकामना आदान–प्रदान गर्दै हर्षोल्लासपूर्वक मनाइँदैछ। नेपाल पञ्चाङ्ग अनुसार आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने दिन, अर्थात् मेष सङ्क्रान्ति पनि हो।

    पञ्चाङ्गविद्हरूका अनुसार सूर्यको गतिसँगै चल्ने विक्रम संवत्लाई वैज्ञानिक आधारमा आधारित मानिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार विक्रम संवत् सूर्यको गति र स्थितिसँग समन्वय गरेर चल्ने भएकाले यसलाई सौरमान पात्रो पनि भनिन्छ।

    “विक्रम ६० संवत्सरमध्ये एक हो, जसलाई सूर्यसँग सम्बन्धित भएकाले विक्रमादित्य संवत् भनिएको हो,” भट्टराईले बताए, “यसमा शक संवत्का विशेषता र इश्वी संवत्का व्यावहारिक गुण समेटिएका छन्।”

    पञ्चाङ्गका अनुसार सूर्य मेष राशिमा प्रवेश गरेपछि नयाँ वर्ष सुरु हुने भएकाले विक्रम संवत्को नयाँ वर्षलाई वैज्ञानिक ढंगले स्वीकार्न सकिन्छ। यो संवत्मा सौरमान र चान्द्रमान दुवैको समन्वय रहेको उल्लेख गरिएको छ। वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सरमध्ये हाल सिद्धार्थी नामको संवत्सर चलिरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए।

    सान्दर्भिक रूपमा, चान्द्रमान अनुसार नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ।

    नयाँ वर्षको अवसरमा आज बिहानै घर–आँगन सफा गर्ने, स्नान गरी मठ–मन्दिरमा पूजा–आराधना गर्ने, मीठा परिकार बनाएर खाने, आफन्तजन, साथीभाइ र इष्टमित्रसँग भेटघाट गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहेको छ। नेपाल मात्र नभई विदेशमा रहेका नेपालीहरूले पनि वैशाख १ गतेलाई विशेष दिनको रूपमा मनाउँदै आएका छन्।

    यसै अवसरमा, देशभर नयाँ आशा र संकल्पका साथ नागरिकहरूले नयाँ वर्षलाई स्वागत गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ