• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    नबिल बैंकको कामु सीइओमा मनोज कुमार ज्ञवालीलाई नियुक्त

    1.5K
    SHARES



    काठमाडौँ । नबिल बैंकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज कुमार ज्ञवालीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ।

    बैंकको सञ्चालक समितिको चैत १३ गते बिहान बसेको बैठकले सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

    ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए। हाल उनी नेपाल राष्ट्र बैंकको १८औं गभर्नर बन्ने तयारीमा जुटेका छन्।

    बैंकिङ क्षेत्रमा लामो अनुभव बोकेका ज्ञवालीको नेतृत्वमा नबिल बैंकले थप प्रगति गर्ने अपेक्षा गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ