• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पाथीभरा केवलकार विवाद- स्थानीय सरोकारवालासँग वार्ता गर्दै गृह मन्त्रालय

    1K
    SHARES



    काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनासँग सम्बन्धित विवाद समाधान गर्न गृह मन्त्रालयले स्थानीय सरोकारवालासँग वार्ता अघि बढाएको छ।

    गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षबीच माघ २२ गतेदेखि संवाद चलिरहेको छ। यही सिलसिलामा वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराईले पत्र पठाउँदै ताप्लेजुङका स्थानीय प्रतिनिधिहरूलाई छलफलमा सामेल हुन आग्रह गरेका छन्।

    पत्रमा भनिएको छ, “केवलकार निर्माणका क्रममा उत्पन्न सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका मागहरूबारे छलफल गर्दै समस्याको शान्तिपूर्ण समाधान निकाल्न वार्ता आवश्यक छ।”

    मन्त्रालयले आयोजना निर्माण पक्षसँग समेत समन्वय गरेर समाधानको बाटो खोज्ने बताएको छ। वार्ताले सकारात्मक निकास दिने अपेक्षा गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ