• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    क्यानाडा र मेक्सिकोमाथि आयातकर लगाउने प्रस्तावबाट पछि हटे ट्रम्प

    72
    SHARES



    काठमाडौं । सीमा सम्झैता अर्थात् सीमामा कडाइ गर्ने सहमति पश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानाडा र मेक्सिकोविरुद्ध घोषित ट्यारिफ प्रस्तावबाट पछि हटेका छन् ।

    क्यानाडा र मेक्सिकोविरुद्ध घोषित २५ प्रतिशत आयातकर मंगलबारदेखि लागू गर्ने ट्रम्पको तयारी थियो । अब उनले एक महिनाका लागि यो प्रस्ताव स्थगित गरेको बीबीसीले जनाएको छ ।

    मेक्सिको र क्यानाडा सीमा सुरक्षामा सुधार गर्ने र लागू औषधको चोरी पैठारीमा रोक लगाउन सहमत भएसँगै ट्रम्प नरम भएका हुन् । क्यानाडा र मेक्सिको दुबै अमेरिकाको सबैभन्दा ठूला व्यापारिक साझेदार मानिन्छन् ।

    ट्रम्प आफ्नो योजनामा अडिग रहेका खण्डमा यी दुबै मुलुकले समेत जवाफी आर्थिक व्ययभारको उपाय अवलम्बन गर्ने घोषणा गरेका थिए । ट्रम्पसँगको सम्झौता अनुसार क्यानाडाले विशेष जाँचकी नियुक्त गर्ने र मेक्सिकोले दश हजार सैनिक सीमामा पठाउनेछ ।

    उता, डेमोक्र्याटहरुले ट्रम्प प्रशासनका गतिविधिलाई लिएर कडा टिप्पणी गरेका छन् । उनीहरुले ट्रम्प अमेरिकी सहायता एजेन्सी बन्द गर्न तथा युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभ्लपमेन्ट (युएसएआईडी)लाई अमेरिकी विदेश विभागमा विलय गराउन उद्दत रहेको टिप्पणी गरेका हुन् । क्यानाडा र मेक्सिकोमाथि ट्यारिफ लगाउने प्रस्तावको समेत उनीहरुले विरोध गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ