• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    ट्रम्पको सपथ ग्रहणमा भारती विदेश मन्त्री जयशंकरले भाग लिने

    82
    SHARES



    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन्।

    डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिने कार्यक्रम छ । यस सपथ ग्रहण समारोहमा एस जयशंकरको सहभागिताको सम्बन्धमा विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ।

    विज्ञप्तिमा भनिएको छ, ‘ट्रम्पको सपथग्रहण समितिको निमन्त्रणामा बिदेश मन्त्री एस जयशंकर जाने तय भएको छ ।’ अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा उनले पद तथा गोपनीयताको सपथ लिँदैछन् ।

    अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले त्यहाँको भावी प्रशासनका प्रतिनिधिका साथै समारोहमा भाग लिन आउने अन्य विशिष्ट व्यक्तिसँग भेटघाट गर्नेछन् ।

    प्राप्त जानकारी अनुसार सपथ ग्रहण समारोह जनवरी २० मा मध्यान्ह १२ बजे (नेपाली समय अनुसार ११ः४५ बजे राति) सुरु हुनेछ।यस समारोहमा विश्वभरका विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ। यस अवसरमा धेरै देशका प्रमुखहरू पनि उपस्थित हुन सक्ने बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया