• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    काठमाडाैं जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस शुरू

    493
    SHARES



    काठमाडौं । काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस शुरू भएको छ ।

    अदालत खुल्नुअगावै बबरमहलस्थित काठमाडाैं जिल्ला अदालत पुगेका लामिछानेको थुनछेक बहस भइरहेको हो । काठमाडौंले पनि कास्की जिल्ला अदालतले झैँ धरौटी मागे उनी छुट्नेछन् । नमागे वा बयान नसकिए उनी आज हिरासतमा रहनेछन् ।

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालतमा स्वयम्‌ हाजिर हुने भनिए पनि समय अभावका कारण उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुन सकेका थिएनन् ।

    जिल्ला प्रहरी कास्कीको हिरासतबाट मुक्त भए पनि शुक्रबार रातिमात्रै लामिछाने काठमाडौं आइपुगेका थिए । सोहीकारण उनी अदालतमा शुक्रबार हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् ।

    अहिले अदालतमा कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएकोले बयान भइरहेकाे हो ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर हुन पुगेका हुन्‌ ।उक्त सहकारीबाट ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको आरोप छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ