• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    समूहगत छलफलपछि वैद्यले महाधिवेशन बन्दसत्रमा उठेका प्रश्नको जवाफ दिँदै

    285
    SHARES



    काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको कीर्तिपुरमा जारी एकता महाधिवेशनको बन्दसत्रमा संयोजक मोहन वैद्य किरणले पेस गरेको राजनीतिक दस्ताबेज सहितको प्रतिवेदन माथिको समूहगत छलफल आज टुङ्गिने भएको छ ।

    मंसिर १३ गते उद्घाटन समारोह गरेको सो पार्टीले १४ गतेदेखि सुरु भएको बन्दसत्रमा विभिन्न १५ वटा प्रतिवेदनमाथि २० वटा समूह बनाएर छलफल गरिरहेको छ।

    केन्द्रीय कार्यालयका सदस्यहरूले सुझाव दिएपछि संयोजक किरणले उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेका एक नेता नेताले बताए । ती नेताका अनुसार संयोजकले पेस गरेको मूल दस्ताबेजसहित १५ वटा प्रस्तावमाथि समूहगत छलफल सकिएको हो ।

    आज केन्द्रीय कार्यालयका सदस्यहरूले सुझाव दिएपछि संयोजकले जवाफ दिने कार्यक्रम छ । उठेका प्रश्नको उनले संश्लेषण गरेपछि भोलिबाट नेतृत्व छनोट प्रक्रिया अगाडि बढ्नेछ ।

    बन्दसत्रको पहिलो दिन वैद्यले ४१ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । सीपी गजुरेलले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन सम्बन्धी प्रस्ताव, हेमन्तप्रकाश वलीले कम्युनिस्ट आन्दोलनको इतिहास सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

    यस्तै रामसिंह श्रीसले संगठनात्मक प्रस्ताव, सन्तबहादुर नेपालीले जलवायु परिवर्तन सम्बन्धी प्रस्ताव, परि थापाले धर्म सम्बन्धी प्रस्ताव पेस गरेका थिए । यसैगरी पवनमान श्रेष्ठले जातीय नीति सम्बन्धी प्रस्ताव, सीताराम तामाङले आर्थिक नीति सम्बन्धी प्रस्ताव, केबी गुरुङले आर्थिक उपार्जन तथा उत्पादन सम्बन्धी नीति कार्यक्रम पेस गरेका थिए ।

    दोस्रो दिन इन्द्रमोहन सिग्देलले विज्ञान प्रविधि र मार्क्सवाद, सीताराम तामाङले दलित नीति र मस्यौदा, हरिभक्त कँडेलले महिला उत्पीडन र मुक्तिसम्बन्धी प्रस्ताव पेस गरेका थिए । यसबाहेक मसाल समूहले जनयुद्ध, माओवाद, राज्य पुनर्संरचना जातीय व्यवस्थाबारे फरक मत राखेका थिए ।

    वैद्यको प्रस्तावमाथि खासगरी एकता प्रक्रियामा आएका नेकपा मसाल समूहबाट आएका नेताहरूले जनयुद्ध, माओवाद र संघीयताको विषयमा फरक मत राखेका छन् ।

    यद्यपि समूहगत छलफलका आधारमा बहुमत सदस्यहरू जनयुद्धलाई थप संश्लेषण गरेर जानुपर्ने र पार्टीको मार्गदर्शक सिद्धान्त माओवाद नै राख्नुपर्ने सुझाव आएको सिंहको दाबी छ । संघीयताबाट पार्टी अब पछाडि हट्न नहुने भन्दै जनवादी संघीयता लागु गर्न संघर्ष गर्नुपर्ने मत आएको ती नेताले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ