• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रकाण्डपछि नेकपा नेता प्रेम दर्नालको कोठामा प्रहरी छापा, भाई गिरफ्तार

    38.3K
    SHARES



    काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टीका नेता प्रेम दर्नालको कोठामा प्रहरीले छापा हानेको छ ।  शनिबार बिहान ८ बजे ठुलाे संख्यामा कोठामा पुगेको प्रहरीले दर्नालका भाई प्रेमेश दर्नाललाई बिना कारण गिरफ्तार गरेको छ ।

    प्रमेश नेकपासँग आबद्ध छैनन् । उनलाई ‘तेरो दाई कहाँ छ ?’ भन्दै अभद्र ब्यबहार गरेर प्रहरीले जबर्जस्ती आफ्नो भ्यानमा हालेको प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई बताए ।

    दर्नालको कोठामा भएका समानहरु प्रहरीले यत्रतत्र पारेर गएको छ । यसअघि मंगलबारमात्रै प्रहरी नेकपा प्रवक्ता प्रकाण्डसहित ३ जनालाई चोभारबाट अपहरण शैलीमा गिरफ्तार गरेको थियो ।

    एक महिना अगाडी प्रहरीले पार्टीका ३ जना पोलिटब्युरो सदस्य भरत बम, पदम राई र ओम पुनलाई गिरफ्तार गरेको थियो भने उनीहरु मध्ये बम रिहा भएका छन् भने राई र पुन अझै हिरासतमा छन् ।

    त्यस्तै अघिल्लो हप्ता मात्र पार्टीका दुई जना पोलिटब्युरो सदस्य मोहन कार्की र कृष्ण धमलालाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय काभ्रे लिएर हिरासतमा राखेको छ ।

    यस्तै सोमबार पार्टीका केन्द्रीय सदस्य आजाद खत्रीलाई भक्तपुरस्थित उनकै कोठाबाट गिरफ्तार गरेको थियो भने त्यसको भोलिपल्ट मंगलबार पार्टी प्रबक्ता प्रकाण्ड र बिहिबार कुमाललाई गिरफ्तार गरेको हो ।

    ओली-प्रचण्ड नेतृत्वमा रहेको सरकारले राजनीति गरेवापत र फरक विचार राखेवापत आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरी झुट्टा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै पार्टी महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् ।

    जसअनुसार साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशालजुलुस र २९ गते नेपाल बन्द छ । प्रवक्ता प्रकाण्डसहितका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेपछि पार्टी संघर्षमा जाने भएको हो ।

    प्रतिक्रिया