• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    तीन दिनमा रविले सामना गरे ७४ प्रश्न, सकियो बयान

    160
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँगको बयान सकिएको छ ।

    स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले तीन दिनमा उनको बयान पुरा गरेका हुन् । बयानका क्रममा रविले ७४ प्रश्नको सामना गरे ।

    सोमबार साँझ उनको बयान पुरा भएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

    मंसिर १४, १६ र १७ मा उनीसँग स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरूले प्रश्न गरे । काठमाडौँका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा उनको बयान लिइएको थियो ।

    कार्तिक २ मा पक्राउ परेका लामिछाने र जीबी राईले स्वर्णलक्ष्मीबाट २०७८ भदौ ४ मा ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकालेका हुन् ।

    ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ । त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ ।

    स्वर्णलक्ष्मीको कार्यालयबाट प्रहरीले ३५ थान भौचर बरामद गरेको छ । अनुसन्धान अधिकृतहरूले प्राप्त प्रमाण देखाएर लामिछानेलाई प्रश्न गरेका छन् ।

    स्वार्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया