• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सरकार नसच्चिए तमासा हेरेर बस्दैनौं- नारायणकाजी श्रेष्ठ

    150
    SHARES



    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार नसच्चिए तमासा हेरेर नबस्ने चेतावनी दिएका छन्।

    शनिबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारलाई गलत काम सच्चाउनका लागि अहिले खबरदारी मात्रै गरिएको, नसच्चिए तमासा हेरेर नबस्ने बताएका हुन्। ‍

    ‘सरकार सच्चिएन भने तमासा हेरेर बस्दैनौं, अर्को कदमका लागि तयार रहनुहोला,’ उनले कार्यकर्ताहरूलाई भने।

    उनले माओवादी नेतृत्वको सरकार ढाल्नुको उद्देश्य अहिलेको सरकारले गरिररहेको कामबाट प्रष्ट झल्किने पनि बताए। यस्तो सरकारले माओवादीलाई कानुनी शासनको शिक्षा दिन नमिल्ने पनि बताए।

    ‘ललिता निवास प्रकरणमा अदालतमा मुद्दा विचाराधीन छ। देशको प्रधानमन्त्रीले एउटा अदालतले दोषी ठहर गरेको र अर्को अदालतमा विचाराधीन अवस्थामा त्यसो गर्न मिल्छ?,’ उनले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया