काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनका लागि नेकपा एमाले र नेपाली कांग्रेसले असाधारण योगदान गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले एमाले र कांग्रेसले लोकतन्त्र मर्न नदिने समे बताए ।
‘अहिलेको सरकार नेकपा एमाले, नेपाली कांग्रेस यी दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरुमा, योगदानका कुराहरुमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरुमा यी पार्टीहरु सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन् । यिनको प्रतिवद्धता छ । यी पार्टीले डेमोक्रेसी मर्न दिँदैनन्’, उनले भने ।
प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले ४० प्रतिशत भन्दा तल झर्न नदिने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया