• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    साफ वुमन्स च्याम्पियनसिपमा आज बंगलादेश र पाकिस्तान खेल्दै

    137
    SHARES



    काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा आज समूह ‘ए’ मा रहेको साविक विजेता बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

    खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । उपाधि रक्षा गर्ने अभियानमा रहेको साविक विजेता बंगलादेश राम्रो सुरुवात गर्ने लक्ष्यमा छ ।

    बंगलादेशको यो पहिलो खेल हो । उता पाकिस्तान भने उद्घाटन खेलमै भारतसँग ५-२ ले पराजित भएको थियो । तीन टोली मात्रै रहेको यस समूहमा पाकिस्तानलाई नकआउट चरण पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने आवश्यकता छ ।

    आजको खेलमा बंगलादेशले जित हात पारेमा पाकिस्तान समूह चरणबाटै बाहिरिने छ भने बंगलादेश र भारत समूहको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनल पुग्ने छ ।

    भारत र बंगलादेशबीच समूहको अन्तिम खेल बुधबार हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया