• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    एएफसी यू-२० एसियन कप छनोट : नेपालले चाइनिज ताइपेईलाई हरायो

    756
    SHARES



    काठमाडौं। समीर तामाङको ह्याट्रिक मदतमा नेपालले नेपालले एएफसी यु-२० एसियन कप छनोटमा घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको छ । समूह बी मा नेपालको यो पहिलो जित हो । नेपालले दुई खेबाट ३ अंक जोडेको छ ।

    पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ ले पराजित भएको थियो । न्यु ताइपेइस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा समीरले ह्याट्रिक गरेका हुन् ।

    समीरले ३२औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै समीरले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

    पहिलो हाफको इन्जुरी टाइममा चाइनिज ताइपेईका याङ चाओ जिङले गोल गर्दै घरेलु टोद्यीलाई खेलमा पर्काउने प्रयास गरेका थिए । तर ८४औं मिनेटमा नेपालले तेस्रो गोल गर्‍यो । यस पटक पनि समीरले नै गोल गर्दै ह्याट्रिक पूरा गरे भने नेपालको जित सुनिश्चित गरे ।

    प्रतियोगितामा समीरले दुई खेलबाट ४ गोल गरिसकेका छ्न् । उनले यसअघि कम्बोडिया विरुद्ध पराजित भएको खेलमा पनि एक गोल गरेका थिए ।

    उज्वेकिस्तानले सोमबारै भएको खेलमा कम्बोडियालाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह बी मा उज्वेकिस्तान, बहराइन, नेपाल र कम्बोडियाको समान ३ अंक छ । गोल अन्तरका आधारमा उज्वेकिस्तान समूहको शीर्ष स्थानमा छ भने बहराइन दोस्रो स्थानमा छ । नेपाल तेस्रो स्थानमा छ ।

    नेपालले समूहको आफ्नो तेस्रो खेलमा बुधबार उज्वेकिस्तानको सामना गर्नेछ । यस्तै नेपालले समूहको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।

    एसियाको ४५ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर छनोट प्रतियोगिता खेलाइएको छ । हरेक समूहको समूह विजेता २०२५ मा चीनमा हुने एएफसी यू२० एसियन कपका लागि सिधै छनोट हुनेछन् ।

    यस्तै उपविजेतामध्ये उत्कृष्ट ५ उपविजेता टोलीले पनि एएफसी यू२० एसिया कपमा स्थान बनाउनेछन् । चीन आयोजकको रुपमा सिधै छनोट भइसकेको छ । तस्वीर : एएफसी

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया