काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसकी सांसद सपना राजभण्डारीले नेपाल वायु सेवा निगममा देखिएका लापरबाही र बेथितिले नेपाली आकाश दिनप्रति दिन असुरक्षित बन्दै गएको भन्दै विरोध गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले हवाई दुर्घटनाहरू बढेकाले नेपाल वायुसेवाको साख गिरेको बताइकी हन् ।
बैठकमा बाेल्दै भण्डारीले भनिन्, ‘यतिमात्र हैन निगम ५२ अर्ब ऋणमा डुबेको छ । सरकारले निगमलाई यो दलदलबाट निकाल्न र हवाई यात्रुहरूको सुरक्षामा ध्यान देओस्।’
सांसद राजभण्डारीले नेपाली आकाश असुरक्षित र नेपालको वायुसेवा संकटग्रस्ट रहेको भन्ने छलफल र खबरहरूका बिच नेपाल वायुसेवा निगमको बेथिति र लापरबाहीले ८ सय भन्दा बढी यात्रुहरू बिचल्लीमा परेको खबर बाहिर आएकोमा पनि आपत्ति जनाएकी छन् ।
प्रतिक्रिया