काठमाडौँ । १ सय ५४ यात्रु बोकेर हङहङ उड्नै लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज मंगलबार पुनः ग्राउन्डेड भएको छ ।
शनिबार राति १२ बजे ग्राउन्डेड भएको सगरमाथा नेपाली नाम भएको न्यारोबडी अल्फा किलो व्हिस्कीलाई मंगलबार बिहान टर्किस एयरलायन्सबाट झिकाइएको स्पेयर पार्ट्स राखेर मर्मत गरिएको हो ।
तीन दिनपछि उडानमा फर्काइएको न्यारोबडीमा १ सय ५४ यात्रु हङकङ जाँदै थिए भने उताबाट आजै राति ४२ जना यात्रु काठमाडौं फर्किने तालिका थियो ।
निगमका एक पाइलटका अनुसार हङकङ जान तयार भएको जहाजको भर्याङमा गाडीले ठोकिदिएको हो भने यसको हाइड्रोलिकमा समस्या देखिएपछि निगमका इन्जिनियरहरूले मर्मत गरेका थिए ।
तर, उनीहरूले जहाज उत्पादकले तोकेको मापदण्ड अनुसार मर्मत नगरेको उजुरी परेपछि प्राधिकरणबाट जाँचमा आएका उडान निरीक्षकले मर्मत गरिएको कागजात हेर्दा नियम उल्लंघन गरेको भेट्टाएपछि उक्त जहाजलाई ग्राउन्डेड गरिएको हो ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निगमसँग अर्को जगेडा जहाज नभएका कारण हङकङ जाने १ सय ५४ यात्रुलाई विमानस्थलभित्र रहेको र्याडिसन होटलको लाउन्जमा राखिएको छ ।
प्रतिक्रिया