काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
पार्टी कार्यालय, सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बस्नेतले भने, ‘गृहमन्त्री, सरकार हाम्रै छ, रवि लामिछाने थुन्न किन ढिला गरेको ?’
दोहोरो पासपोर्ट र नागरिकताको मुद्दामा लामिछानेलाई पक्राउ गर्नुपर्ने उनको तर्क छ । उनले अगाडि भने, ‘सहकारी ठगी उनको थप अपराध हो, तुरुन्त थुनौं ।’
नभए प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनुपर्ने बस्नेतको तर्क छ । उनले अगाडि भने, ‘नेतालाई छुट दिँदा जनतालाई किन छुट नदिने ?’
प्रतिक्रिया