• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मर्स्याङ्दी बस दुर्घटना अपडेट: ११ जना बेपत्ता, १५ जना अचेत

    794
    SHARES



    तनहुँ । आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये ११ जना बेपत्ता भएका छन् भने १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले १५ जना अचेतावस्थामा रहेको जिल्लाबाट जानकारी पठाएको बताए ।

    आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङ्दी मा खसेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

    बस सडकबाट मर्स्याङ्दी किनारमा कच्याकुचुक अवस्थामा देखिन्छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली खटिएको छ ।

    घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल दमौलीमा पुर्‍याइएको छ । उनीहरुको अवस्था हेरी रेफर गर्ने काम पनि जारी छ । डा भूसालका अनुसार थप उपचारका लागि काठमाडौं ल्याउनु परे हेलिकप्टरसमेत तयारी राखिएको छ ।

    हाल पोखरा मुग्लिन सडक विस्तारको काम जारी छ । बेलाबेला झर्ने पहिरोका कारण सडक यात्रा कष्टकर छ । यसअघि असार २८ गते त्रिशूली नदीमा २ वटा यात्रुवाहक बस खस्दा भारतीयसहित ३० भन्दा बढी यात्रु बेपत्ता छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया