काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र नेपाल विद्युत् प्राधिकरणबिच मतभेद भनेर बाहिर हल्ला चलाए जति मतभेद नभएको बताएका छन् । बिहीबार बसेकाे प्रतिनिधि सभाकाे बैठकामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।
‘सरकार र विद्युत् प्राधिकरणबिच जुन मतभेद हल्ला चलाइएको छ । हल्ला चलाएजस्तो मतभेद छैन’, प्रधानमन्त्री ओलीले भने, ‘सरकारले यसो गरे होला भनेर विद्युत् प्राधिकरणलाई सुझाव दियो । उहाँहरू आफैँले विद्युत् लाइन जोड्नुभयो सरकारले जोडेको होइन ।’
प्रधानमन्त्रीले सरकार सञ्चालन गर्न निर्देशन दिनु स्वाभाविक भएको भन्दै ब्राह्मणले गरेको गौदान नभएको बताए । उनले नेपाल विद्युत् प्राधिकरणको बक्यौताबारे प्रश्न गरेका थिए ।
प्रतिक्रिया