• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बेचन झालाई थप चार दिन हिरासतमा राख्न अदालतकाे अनुमति

    1K
    SHARES



    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् ।

    शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले झासँग बयान लिइसकेको छ । उनी असार १४ मा पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका-१० बानेश्वर बस्ने झाले वीरगन्ज उप-महानगरपालिका-७ ठेगाना उल्लेख गरेर नागरिकता बनाएको भेटिएको छ ।

    उनको साथमा फेला परेको आधार कार्डको अधिकारिकताबारे प्रहरीले भारतमा पत्राचार गरेको छ ।

    नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको घटनामा आफ्नो संलग्नताबारे उनले स्विकार गरेका छैनन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया