काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक छलफललाई प्रदेश तहमा पनि विस्तार गरेको छ । गत साता केन्द्रीय तहका नेताहरूका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेअनुरूप भक्तपुरमा उक्त सांगठनिक छलफललाई विस्तार गरेको हाे ।
सोही निर्णयअनुसार रास्वपाको बागमती प्रदेश समितिले बिहीबार र शुक्रबार भक्तपुरमा ‘क्लोज क्याम्प’ राखेको छ । क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित दुई सय ५० हाराहारी नेता कार्यकर्ता सहभागी छन् ।
प्रतिक्रिया