• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

    813
    SHARES



    काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश सभाको बहुमत पाएका छन् । मंगलबार प्रदेश सभाकाे बैठक बाट लामाले ६४ सांसदको मत पाएका छन् ।

    प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।

    ११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ । नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिएका छन् ।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । नेमकिपा तटस्थ बसेको छ । आजको प्रदेशसभा बैठकमा १०३ जना सांसद उपस्थित थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया