• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    माओवादीकाे पदाधिकारी बैठकमा मंगलबार प्रचण्डले जवाफ दिने

    1.9K
    SHARES



    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को जारी पदाधिकारी बैठकमा नेताहरूले बोल्ने क्रम सकिएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको बैठकमा विचारको विकास र पार्टी निर्माणबारे नेताहरूले धारणा राख्ने काम सकिएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

    गजुरेलका अनुसार नेताहरूले उठाएको प्रश्नको जवाफ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिने भएका छन् ।

    बैठकमा बोल्ने सबै नेताहरूले पार्टी लामो समय सत्तामा केन्द्रित हुँदा बिग्रिएको निष्कर्ष निकाल्दै प्रतिपक्षको भूमिका पाउनु अवसर भएको धारणा राखेका थिए । नेताहरूको आचरण, जीवनशैली, जनसम्बन्ध सुधारका लागि यो अवसरको उपयोग गर्नुपर्नेमा सबै नेताहरूको जोड रहेको गजुरेलले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ