• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमालेले बोलायो सचिवालय बैठक

    1.2K
    SHARES



    काठमाडौँ । सत्तारूढ नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ। एमालेले यही साउन १७ गते बिहीबार सचिवालयको बैठक बोलाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

    ‘साउन १७ गते सचिवालय बैठक आह्वान भएको छ। यसअघिका विषयहरू छलफल हुनेछ,’ गौतमले भने। एमालेले २०८१ को कार्ययोजना लागू गर्दैछ। यसअघि जिल्ला अधिवेशनहरू नसकिएकाले नयाँ कार्ययोजना लागू हुन थाती रहेको थियो।

    एमालेको ११ वटा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ। ती जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न एमाले संगठन विभागले परिपत्र पनि गरिसकेको छ। एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान सुरू गर्दैछ। त्यस्तै एमालेले पार्टीका जिल्ला इन्चार्जहरू पनि परिवर्तन गर्दैछ।

    त्यस्तै २२ वटा विभागका प्रमुख, उपप्रमुखहरू पनि परिवर्तन गर्ने तयारी गरेको छ। यसअघि फरक जिल्ला कार्यक्षेत्र हुने गरी तोकिएको कार्यविभाजन यसपटक परिवर्तन हुने एमालेले जनाएको छ।

    फरक भूगोल हुने गरी इन्चार्जको जिम्मेवारी दिँदा आफ्नो निर्वाचन क्षेत्र, जिल्लामा काम गर्न नपाएको गुनासो आएको थियो। त्यस्तै एमालेले राजकीय जिम्मेवारीमा रहेकाहरूलाई पार्टीका विभागहरूमा जिम्मेवारी नदिने तयारी पनि गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ