काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही कांग्रेस एमालेले पश्चिमी देशहरूको नक्कल गरेर दुई दलीय व्यवस्था गर्न खोजेको ओपन सेक्रेट जस्तै भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै उनले स्थिरताको नाममा संविधान संशोधन गर्न खोजे पनि सम्भव नभएको बताएका छन् ।
उनले २०४७ सालदेखि २०६० सालसम्म १७ वटा सरकार बनाउने एमाले र कांग्रेस नै होइन भन्दै प्रश्न पनि गरेका छन् । उनले संविधान संशोधन गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा सहमत रहे माओवादी तयार रहेको बताए ।
प्रतिक्रिया