काठमाडौं। सडक विभागको इन्जिनियर भन्दै नक्कली परिचय दिएर ठगी गरेकाे आरोपमा एक जना पक्राउ परेका छन् । बैतडीका २७ वर्षीय नरेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
बैतडीको डिलासैनी गाउँपालिका-१ घर भएका साउदलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार सिनामंगलबाट पक्राउ गरेको हो ।
सडक विभागको इन्जिनियर भएको बताउँदै सामाजिक सञ्जालमार्फत विभिन्न महिलाहरुसँग साथी बन्ने र प्रेम तथा विवाहको प्रलोभन देखाएर ठगी गर्न खोजेको प्रहरीले जनाएको छ ।
नक्कली फेसबुक आइडी बनाएर आपराधिक लाभ लिने खोजेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साउदलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया