• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एकजना पनि मन्त्री नआएपछि संसद् बैठक स्थगित

    852
    SHARES



    काठमाडाैं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बिहीबारको बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नरहेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

    बिहीबारकाे बैठकमा मन्त्रीहरू उपस्थित नभएपछि कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

    प्रतिनिधि सभा संचालन नियमावली अनुसार संसद् संचालन हुन सरकारका कम्तीमा एक मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ । शुक्रबार बस्ने संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया