काठमाडाैं। अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका- ३ मेस्पाङामा सडक भासिएको छ । बुधबार भोजपुर -चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।
कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताएका छन् ।
‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ’, उपाध्यक्ष राईले भने, ‘सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।’
निरन्तरकाे बर्षाले देशका विभिन्न ठाउंमा बर्षा भइरहेकाे छ भने भल र पहिराेले सडकहरू बिग्रीइएर आवतजावतकाे समस्या भइरहेकाे छ ।
प्रतिक्रिया