काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेसका नेताहरूले एकपछि अर्को सर्त राखेर सहमतिको प्रक्रिया गिजोलेको बताएको छ । रास्वपा सांसद मनिष झाले हिजो समझदारीको टीओआर बनिसकेको अवस्थामा पछि कांग्रेसले कुरा फेरेको बताएका हुन् ।
संसद परिसरमा पत्रकारसँग कुरा गर्दै झाले संसदीय समितिका लागि आफूहरू तयार भएको तर २ वटा मात्र न्यूनतम अघि सारेको बताएका छन् ।
‘हामीलाई बोल्न दिनुहोस् । जहाँ प्रश्न उठेको छ । त्यहीँ जवाफ दिन्छौं भनेका छौं । ३ वटा सहकारीको नाम उल्लेख गर्न चाहिरहनुभएको छ । त्यो समस्या होइन समस्या भएका सबैमा गरौं न भन्ने हो’, झाले बताएका छन् ।
प्रतिक्रिया