• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सभामुख घिमिरे संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष

    1.2K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सकिएको छ । बैठकले सभामुख देवराज घिमिरे संसदीय मर्यादामा नबसेको निष्कर्ष निकालेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुख संसदीय मर्यादामा नबसेको निष्कर्ष निकलेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    बिहीबार सभामुखले आफ्नो मर्यादा भुलेर संसदको कामकारबाही अघि बढाउन खोजेको कांग्रेसको आरोप छ । सभामुखले बलजफती जारी राखे आफूहरूले उनलाई नमान्ने परिस्थिति बन्न सक्ने कांग्रेसले चेतावनी दिएको छ ।

    ‘सभामुख संसदीय मर्यादामा नबसेको हाम्रो निष्कर्ष छ । सभामुखले बलजफती जारी राखे हामीले नमान्ने अवस्था पनि आउन सक्छ’, बैठकपछि लेखकले भने ।

    लेखकले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन पार्टीको न्यूनतम माग भएको जानकारी दिए । समिति गठन नभएसम्म पार्टी आफ्नो अडानबाट दायाँबायाँ नहुने उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ