• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव : रविलाई संसमा बोल्न दिनुस् छानबिन समिति बन्छ

    1.6K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोनमार्फत रविलाई बोल्नदिए छानविन समिति बन्ने प्रस्ताव पठाएका हुन् ।

    सहकारी ठगी प्रकरणमा लामिछानेमाथि संसदीय समिति गठनको माग राख्दै संसद् अवरोध गर्दै आएको कांग्रेसले प्रधानमन्त्री प्रचण्डको प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ ।

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘रवि लामिछानेलाई संसद्‌मा बोल्न दिनुस् । समिति बन्छ भन्नुभएको छ । यसमा हामी सकारात्मक छौं ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया