• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    अखिल नेपाल ब्याडमिन्टन संघ गठन, अध्यक्षमा पाण्डे

    2.5K
    SHARES



    काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठनको रुपमा अखिल नेपाल खेलकुद महासंघ अन्तरगत अखिल नेपाल ब्याडमिन्टन संघ गठन गरिएको छ । राजधानीमा शुक्रबार भएको भेलाले नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा ४३ सदस्यीय अखिल नेपाल ब्याडमिन्टन संघ गठन गरिएको हो ।

    अध्यक्ष पाण्डेले दिएको जानकारी अनुसार उपाध्यक्षमा रुद्र थिङ्ग र गिता शाही, महासचिवमा बेनुप खत्री, सचिबमा किशोर भट्ट र कोषाध्यक्षमा प्रकाश ढकालले जिम्मेवारी पाएका छन्। त्यस्तै संघमा ४ जना केन्द्रीय सदस्य पछि थप हुने छन् भने ब्याडमिन्टन खेलमा योगदान पुर्‍याएका एक जनालाई पुर्ण वैठकले उपमहासचिव बनाउने अध्यक्ष पाण्डेले जानकारी दिए ।

    यसैगरी प्रदेश संयोजकहरु पनि तोकिएको छ । प्रदेश संयोजकहरुमा कोशीमा प्रकाश राई मधेस प्रदेशमा विष्णु यादव, बागमतीमा रबिन बस्नेत, गण्डकीमा उमेश भण्डारी, लुम्बिनीमा तिरबहादुर रोका ‘डार्विन’, सुदूरपश्चिममा जीवन खड्कालाई तोकिएको छ । कर्णाली प्रदेशको संयोजक भने पछि तोकिने जनाइएको छ ।

    कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिब कोइराला ‘ज्वाला’ महासंघका उपाध्यक्षहरु राजकुमार कार्की रामजी बहादुर श्रेष्ठ (अध्यक्ष – नेपाल ब्याडमिन्टन संघ), प्रकाश कुसारी र महासचिब अन्जन धमलाको उपस्थिति रहेकोे थियो।

    आज चयन भएको कार्यसमितिका सदस्यहरु यस प्रकार रहेका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ