बुटवल । नेकपा एमाले कपिलवस्तुको १०औं अधिवेशनमा आगामी नेतृत्वका लागि आकांक्षीहरुबीच सहमति नजुटेपछि आज मतदान हुने भएको छ । नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष डम्मर शर्मा र अघिल्लो अधिवेशनका प्रतिस्पर्धी बाबुराम खनालबीच प्रतिस्पर्धा हुने भएको छ ।
अध्यक्षमा उम्मेदवारी दिएका विश्राम चौधरीले फिर्ता लिएसँगै शर्मा र खनालबीच प्रतिस्पर्धा हुने भएको हो । शर्मा र खनालले प्यानलै बनाएर उम्मेदवारी दिएका छन् । यद्यपि उम्मेदवारहरुले प्यानल बनाएर नभई स्वेच्छिक हिसाबले उम्मेदवारी दिएको दाबी गरेका छन् ।
उपाध्यक्ष पदमा शंकर पाण्डे, भेषराज पाण्डे र टोपलाल पोखरेलको उम्मेदवारी परेको छ । सचिवमा सीबी गहतराज र विश्व कार्कीको उम्मेदवारी परेको छ । एकजना उपसचिव खुला पदमा कमल क्षेत्री, गोविन्द आचार्य, देवी पोखरेल, छवि रेश्मीमगर, विष्णुप्रसाद गौतम, शारदानन्द यादव र विनोद चौधरी गरी ७ जनाको उम्मेदवारी परेको छ ।
महिला उपसचिवमा सुशिला दर्लामी र माधुरी अग्रहरीको उम्मेदवारी परेको छ । १२० सदस्यीय जिल्ला कमिटीको १२ खुला सदस्यमा ५३ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका सदस्य डा. हरि भण्डारीले जनाएका छन् ।
बुधबार सुरु भएको अधिवेशनमा ५ सय ५९ जना प्रतिनिधि सहभागी छन् ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया