• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

    1.4K
    SHARES



    काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक ३ डाकिएको छ ।

    नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

    अधिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले एक दिन अघि नै विश्वासको मत लिन लागेका हुन् । अधिकारी नेकपा एमाले २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसदको दाबी पेश गरेर मुख्यमन्त्री नियुक्त भएका थिए ।

    सभामुखलाई समेत गणना गरेर अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेसले सर्वोच्च पुगेको थियो । तर सर्वोच्चले नेपाली कांग्रेसले दर्ता गरेको रिट खारेज गरेपछि उनले विश्वासको मत लिने बाटो खुलेको थियो ।

    सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट खारेज गरेको थियो ।

    मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरिसकेका छन् । शनिबार बसेको दुवै पार्टीहको संसदीय दलको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेका थिए ।

    गण्डकीमा नेपाली कांग्रेसका २७ र राप्रपाका २ जना सांसद छन् । तर २ सांसद रहेको राप्रपा अझै अनिर्णित छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ