Sancharkendra.com सञ्चार केन्द्र प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो। यो २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ ।
सञ्चार केन्द्र, खास गरी नेपालको परिबर्तनको आन्दोलनसंग जोडिएर काम गर्ने संघसस्था, राजनीतिक दल, र देश बिदेशमा रहने समाजका लागी काम गर्ने जुनसुकै व्यक्ति र हरेक क्षेत्रका समाचार आम बिस्व समुदायसम्म पुर्याउनका लागि निरन्तर जागै रहने छ ।
सञ्चार केन्द्रले जनसरोकारका हरेक खबरलाई प्रकाशन/प्रशारणको मुख्य प्राथमिकतामा राख्ने छ । देश राजनीति र हरेक क्षेत्रको खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानु हाम्रो कर्तब्य ठानेका छौ ।
हामीले जनसरोकारसंग जोडिएका बिषय बस्तुलाई जहिले पनि प्रमुख एजेण्डा बनाउदै निश्पक्षरुपमा पाठक सामु पस्किने छौ । आर्थिक, स्वास्थ्य, शिक्षा, साहित्य, प्रवास, खेलकुद, राजनीति, बिज्ञान प्रविधि, जिबन शैली, समाजसेवा, मनोरञ्जनका साथै रोचक खबरहरुलाई पनि हामी तपाइसामु प्रस्तुत गर्दै जानेछौँ ।
राष्ट्रियता, जनतन्त्र, जनजीविका, राष्ट्रिय स्वाभिमान, नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका सवालमा सञ्चार केन्द्रकहिल्यै पनि कसैसँग सम्झौता गर्ने छैन ।
हामी दलित, महिला, जनजाती, आदिबासी, उत्पीडित बर्ग, क्षेत्र, समुदायका बिषयहरुलाई मुख्य समाचारका रुपमा प्रस्तुत गरी निरन्तर पाठक सामु ल्याउने प्रयास जारी राख्नेछौ । ब्रेकिङ्ग भन्दा पनि बिस्तृत खबर दिने हाम्रो मिसन हुनेछ। हाम्रो अनलाइन नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय अन्तरगत सूचना तथा प्रशारण विभागमा दर्ता भइसकेको छ । हाम्रो अनलाइनको दर्ता नम्बर १५८/२०७३-७४ रहेको छ ।