• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    बन्द सकिएपछि विप्लवले निकाले यस्तो विज्ञप्ति, ६ गतेदेखि प्रधानमन्त्रीमाथि प्रतिबन्ध

    24.4K
    SHARES



    काठमाडौं । बिहिबार पार्टीले आयोजना गरेको नेपाल बन्द सकिएलगत्तै नेपाल कम्युनिष्ट पार्टीका महासविच नेत्र विक्रम चन्द ‘विप्लव’ले एक बिज्ञप्ति जारी गर्दै बन्दमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

    विज्ञप्तिमा विप्लवले सरकारका पछिल्ला गतिविधि र स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित नेता–कार्यकर्ता तथा समर्थक–शुभचिन्तकलाई गिरफ्तार गर्ने, झुटा मुद्दा लगाउने, गाउँगाउँमा अप्रेशन चलाउने र राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाउने गरेका कारण नेपाल बन्दसहित संघर्षमा जानु परेको स्पस्ट पारेका छन् ।

    “हाम्रो पार्टीले केपी ओली सरकारका पछिल्ला गतिविधि र मुख्यरुपमा स्थायी समिति सदस्य सुदर्शन, पीबीएम मोहन कार्की, केन्द्रीय सदस्य तथा महिला सङ्गठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलगायतका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र जनतालाई गिरफ्तार गरी झुठा मुद्दा लगाउने, अप्रेशनका नाममा गाउँगाउँमा आतंक सिर्जना गर्ने, पार्टी तथा जनवर्गीय सङ्गठनका गतिविधिमाथि प्रतिबन्ध लगाउने काम गरेपछि त्यसको प्रतिरोध स्वरुप आज आमहडतालसहितको नेपाल बन्दको आयोजना गरेकोमा उक्त कार्यक्रम सबै देशभक्त, जनवादी तथा आमजनताको सहयोग समर्थन र ऐक्यबद्धतामा सफल भएको छ ।” बिज्ञप्तिमा भनिएको छ ।

    बिज्ञप्ति मार्फत विप्लवले भनेका छन्- “बन्दमा सहयोग गर्ने देशका सबै व्यावसायी, उद्योगपति, शिक्षण संस्था, व्यापारी तथा सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछौं ।”

    विप्लवले पछिल्लोपटक देशमा ठुल्ठुला राष्ट्रघात भइरहेका भन्दै वर्तमान सरकार र सत्ताले नेपाली जनता र देशको रक्षा गर्न नसक्ने जिकिर गर्दै आफ्नो पार्टीले अघि बढाएको संघर्षमा लाग्न सम्पूर्ण देशभक्त, वामपन्थी, बुद्धिजीवी तथा आम नागरिकलाई अपील समेत गरेका छन् ।

    “देशको अवस्था दिनानुदिन बिग्रिदै गएको छ । यो सरकारले जनघात र राष्ट्रघातलाई झनै बढाएर गएको छ । त्यसैले देश र जनता असाध्यै जोखिममा पर्दै गएका छन् । जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन एकपटक फेरि नयाँ सङ्घर्षमा एक भएर लाग्न जरुरी भैसकेको छ । त्यसैले हाम्रो पार्टी जो निरन्तर आन्दोलनको नेतृत्व गर्दै आइरहेकोले उक्त आन्दोलनमा देशभक्त, सच्चा लोकतन्त्रवादी, गणतान्त्रवादी लाग्न विशेष आग्रह गरिन्छ” विप्लवले विज्ञप्तिमा भनेका छन् ।

    बिहिबारको नेपाल बन्द ५ बजेपछि फिर्ता भएको जानकारी दिएको नेकपाले बैशाख ६ गतेदेखिका अन्य संघर्षका कार्यक्रम भने जारी रहेको जनाएको छ । महासचिव विप्लवले जारी गरेको बिज्ञप्ति मार्फत शुक्रबारदेखि प्रधानमन्त्री ओलीलाई प्रतिबन्ध लगाउने यसअघिको निर्णय यथावत रहेको जनाएका छन् ।

    यसअघि बन्द आह्वान गर्दा नै विप्लवले बैसाख ६ गतेबाट प्रधानमन्त्री केपी शर्मा ओली देशका जुनसुकै जिल्लामा गएपनि त्यहाँ बन्दको आयोजना गर्ने घोषणा गरिसकेका थिए । बिहीबारको नेपाल बन्दले देशभर कलकारखाना, उद्योग व्यवसाय, स्कुल कलेज, बजार तथा यातायात ठप्प भएको थियो ।

    यस्तै बन्दका क्रममा देशका विभिन्न ठाउँमा बम फेला परेका थिए भने केहि ठाउँमा विस्फोट समेत भएका थिए । बन्दका क्रममा बम विस्फोट हुदा पोखरामा एक जना नेपाली सैनिक घाइते समेत भएका छन् ।

    बन्दमा पाल्पा, चितवन, नवलपरासी, भोजपुरलगायतका जिल्लामा बम विस्फोट भएका छन् भने देशका करिब ४० भन्दा बढी जिल्लामा बम फेला परेका छन् । यस्तै गरी बुटवल झापालगायत केहेई ठाउँमा ट्रक र बसमा आगजनी समेत भएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ