काठमाडौँ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरू चार्टर्ड विमानमार्फत आइतबार राति त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन् ।
अमेरिकाबाट ३२ जना पुरुष र ५ जना महिला आइतबार राति काठमाडौँ आइपुगेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक जना अधिकृतले बताए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् ।
यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो । आइतबार आएकाहरूसँगै ट्रम्पले शासन सम्हालेपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सङ्ख्या १६३ जना पुगेको छ ।
प्रतिक्रिया