• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बर्दियामा आतंक मच्चाएको चितुवालाई लिइयो नियन्त्रणमा

    338
    SHARES



    बर्दिया । बर्दियामा एउटा चितुवा नियन्त्रणमा लिइएको छ। केही महिना बर्दियामा चितुवाको आक्रमणबाट तीन जनाको मृत्यु भएको थियो। जेठ १४ गते मात्रै गुलरिया नगरपालिका–५ वालापुरकी ५ वर्षीया बालिका सायरा थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।

    पौने दुई महिनाको प्रयासपछि झन्डै ६ बर्ष उमेरको भाले चितुवा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामकुमार चौधरीले बताए।

    थारु सामुदायिक वन, गुलरिया नगरपालिका –५ बालापुर वन क्षेत्रमा चितुवा नियन्त्रणमा लिन बाख्रा राखिएको थियो। बाख्रा खान गएको चितुवा बिहान बुधबार बिहान साढे चार बजेतिर पिँजडामा परेको थियो।

    वरिष्ठ वन अधिकृत चौधरीका अनुसार यही चितुवाले केही महिनाको अवधिमा तीन जनाको ज्यान लिएको आशंका गरिएको छ। ‘यही हो भन्ने यकीन गर्न त बाँकी नै छ,’ उनले भने ‘ तर, लामो समयको प्रयासपछि हामी ‘समस्याग्रस्त’ चितुवा नियन्त्रणमा लिन सफल भएका छौं।’

    डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषको झन्डै पौने दुई महिनाको प्रयासपछि ‘समस्याग्रस्त’ ठानिएको चितुवा नियन्त्रणमा लिन सफल भएको चौधरीले बताए।

    पटक / पटक सर्वसाधारण माथि चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित थिए। चितुवाले प्राय साना बालबालिकालाई आक्रमण गर्ने गरेको पाइएको छ।

    वैशाख १५ गतेपनि गुलरिया–८ की ९ वर्षीया मेलिना खड्काको चितुवाको आक्रमणमा मृत्यु भएको थियो। जेठ १४ गते चितुवाले अर्को बालिकाको ज्यान लिएपछि स्थानीयले चितुवा नियन्त्रणमा लिनु पर्ने माग गर्दै सडक खण्ड नै अबरुद्ध पारेका थिए।

    बर्दियामा चितुवाको आक्रमणमा परी सात महिनाको अवधिका चार जनाको मृत्यु भएको तथा १६ जना घाइते भएको डिभिजन वन कार्यालयको तथ्यांकमा उल्लेख छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ